साहित्य , संस्कृति र नविन सम्बोधन
नेपालमा
विभिन्न राजनैतिक व्यवस्था फेरिदा पनि साहित्य,सस्कृति र सम्बोधनका
तरिकाहरु फेरिएका छैनन् | आजसम्म लेखिएका साहित्य ,संस्कृति र सम्बोधनका
तरिकाहरु अधिकांश रूपमा सामन्ती व्यवस्थाको उपज नै रहिआएका छन् |सामन्ती
व्यवस्था, संस्कार र परिपाटीलाई टेवा पुर्याउने साहित्य , संस्कृति र
सम्बोधनका तरिकाहरु नै अहिलेसम्म जारी छन् |मुलुक नयाँ युगमा प्रवेश
गरिसकेको अवस्थामा साहित्य, संस्कृति र सम्बोधनका तरिकाहरु पनि युगसापेक्ष
नविन हुनु पर्ने हो |पुराना साहित्य , कला, संस्कृति , रीतिथीति , चलन,
प्रचलन , मुख्यतया जीवन पध्दति , सोच र क्रियाकलापहरु जस्ताको तस्तै रूपमा
रहन सक्दैनन |तिनीहरुको स्थान नयाँले लिनेछन् तर त्यो नयाँ पुरानाहरुभन्दा
उत्कृष्ट हुन् जरुरी हुन्छ |पुरानाका पनि राम्राहरु अङ्गीकार गर्ने र
नयाँको नाममा अन्धाधुन्ध पाश्चात्य साहित्य,संस्कृति र रहनसहनको नक्कल
गर्नु पनि उपयुक्त हुँदैन |
आजसम्म लेखिएका नेपाlली साहित्यको गहन अध्ययन गरी पुनर मुल्याङ्कण गर्नु पर्ने भएको छ | आजसम्मको साहित्यले कसको सेवा गरीरहेको थियो र कस्तो संदेश प्रचारित गरिरहेको छ भन्ने बुझ्न जरुरी छ |अब लेखिने साहित्य पनि तिनै साहित्यको जगमा नै लेखिने हुँदा पुराना साहित्यको
मुल्याङ्कण गर्नु पर्ने आवश्यकता हुन् गएको हो | असल साहित्यको सरक्षण र मुलुकलाई प्रतिगमन तिर लैजाने साहित्यको आलोचना गर्दै त्यस्तो साहित्यको बहिस्कार गर्नु जरुरी भैसकेको छ |अब लेखिने साहित्य भावी पुस्तालाई अग्रगमनतिर लैजाने र नेपाली साहित्यलाई पनि विश्वसाहित्यको स्तरमा पुर्याउने किसिमको हुनपर्छ |
आज सम्मका सास्कृतिक क्षेत्रका र सस्कृतिको पुनर्मुल्याङ्कण हुने नै छ | खिया लागिसकेको , मक्किएको मानसिकता बोकेर आधुनिक हुन् सकिदैन |आधुनिकताको नाममा जुन उपभोक्तावादी संस्कृति भित्रिदै छ , त्येसको पनि उपयुक्त चर्चा गरी एउटा निश्चित निष्कर्स निकाल्न आवश्यक छ |
भूमण्डलीकरण र विश्व ब्यापार संगठनको सदस्य बनिसकेको नेपाल संस्कृतिको दोहोरो चेपुवामा परिरहेको छ , अझ चर्को दवावमा पर्ने निश्चित छ |कस्तो संस्कार , रीतिथिती अथवा जीवन पध्दति अपनाउदा उपयुक्त होला , सोच्ने बेला आईसकेको छ | नेपाल पनि विश्वबाट अलग्गिएर एक्लै बेग्लै बस्न सक्दैन , त्यसो भन्दैमा आफ्नो चिनारी नभएको नेपाल हाम्रो चाहना हुन सक्दैन |
सम्बोधनको तरिका भन्नाले अनेकौ अर्थ लाग्न सक्छन |ती सबै अर्थलाई नसमेटेर खालि बोलाउदा प्रयोग हुने विशेषण अथवा बोल्ने ,बोलाउने वा बुझाउने प्रक्रियाको मात्र यहाँ सन्क्षिपत चर्चा गरिने छ | विश्वका हरेक देशमा मानिसको परिचय गराउने फारामहरु भर्दा पहिलो नाम र अन्तिम नाम भराइन्छ तर नेपालमा भने नाम मात्र भराइन्छ| यसपालिको जनगणनामा नाम पछी जात पनि भराइको देखियो | कुन कुन जात कति छन् भन्ने जान्न जरुरि भएकैले त्यो भरिएको होला |जातीय आधारमा संघीय राज्यको कुरा उठिरहेको बेला जनसंख्या पनि एउटा आधार हुन् सक्ला | यो लेखमा यी विविध राजनैतिक कुराहरु बारे बहस उठान गर्नु नभएर अहिले सम्म हाम्रा अखबारहरु,साहित्य , रेडियो र बोलचालमा जातको आधारमा सम्बोधन गर्ने परिपाटीको मात्र चर्चा उठाईएको हो |उदाहरणको लागि रेडियो सुन्दा पहिलो पल्ट राष्ट्रपति डा. राम वरण यादव भनिन्छ | त्यसपछी राष्ट्रपति यादव |साहित्य क्षेत्रमा पहिलो पल्ट डा. ध्रुवचन्द्र गौतम त्यसपछी गौतम | पत्र पत्रिकामा पनि पहिलोपल्ट प्रधानमंत्री झलनाथ खनाल अनि पछी प्रधानमन्त्री खनाल भनेर सम्बोधन गरिन्छ |
महेन्द्र क्याम्पसका स्नात्तकोतरमा अध्यायनरत बिध्दार्थिहरुले मेरो पनि तीनवटा शोधपत्र तयार गरि सकेका छन् | पहिलो पल्ट साहित्यकार सरण राई लेखेका छन् | त्यसपछी राई, राई लेखेका छन् | साहित्यकार राईको लेखनी हेर्दा , कवि राईको कविता पढदा ....|ती बीध्दार्थीहरुको शोधपत्र हेर्दा म राई नभई सरण मात्र अथवा साहित्यकार , कवि मात्र रहन सकिनॅ | साहित्यकार हुँदा पनि साहित्यकार राई , कवि हुँदा पनि कवि राई | ती शोधपत्रहरु पढुन्जेल मैले स्स्फुलाई एउटा साहित्यकार सरण राई , साहित्यकार सरण पाइनॅ , म राई, राई नै भैरहें | मेरो निजी व्यक्तित्वराई मात्र रही रह्यो , म साहित्यकार सरण हुन् सकिनॅ |त्यहाको लेखाईले त्यस्तो मेरो व्यक्तित्वको बिकास हुने दिएन |अरु पढ्नेहरुले पनि मलाई पहिले सरण राई देखें पनि पछाडी राई मात्र देख्न थाल्नेछन् | राई नसम्झी एउटा साहित्यकारको रुपमा मलाई एकै क्षण पनि मूल्यांकन गर्न उनीहरु सक्षम हुन् सक्तैनन |पलपल हरफहरफमा राई, राई भनेर पढ्नेहरुलाई तेस शोधपत्रले सम्झाई दिन्छ |यो ती बीध्यार्थीहरुको दोष होइन | हाम्रो अहिलेसम्म चलिआएको स्थापित लेखनपध्दति वा सम्बोधन पध्दतीको को दोष हो |
राष्ट्रपति रामवरण यादवलाई रेडियोले , अखबारहरुले र सम्बोधन्रहरुले मलाई जस्तै एकै क्षण पनि यादव नभई नेपालीको खुट्टामा रामवरणको दिमागमा उभिन सोच्न दिदैनन् |उनी बिर्सन चाहेर पनि यादव नै रहन्छन् |जति गरे पनि राष्ट्रपति रामवरण हुदैनन् | राष्ट्रपति यादव हुन्छ, यादव, यादव यादव | उनलाई यादवकै दिमागले सोच्न विवश पारिन्छ |यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई , मन्त्रीहरुलाई प्रशासनका अरुहरु सबैलाई यी सम्बोधन्हारुले आफु कुन जातको हो , बारम्बार सम्झाई रहन्छन् | अरुहरुलाई पनि त्यो फलानो फलानो जातको भनेर सम्झाई रहन्छ |अब रेडियो , खबर कागज , पत्र पत्रीका र साहित्यहरुमा सम्बोधन गर्दा पनि राष्ट्रपति ड़ा. रामवरण यादव भन्ने र त्यसपछी राष्ट्रपति ड़ा. रामवरण मात्र भन्दा राष्ट्रपति ड़ा. रामवरण यादवले आफुलाई आफ्नो छुट्टै रामवरणको व्यक्तित्वमा अनुभव गर्न पाउछन् कि !यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई पहिलो एकचोटी प्रधानमन्त्री झलनाथ खनाल भन्ने त्यसपछी प्रधानमन्त्री झलनाथ ,मन्त्रीहरु भए उनीहरुको पहिलो नामबाट अथवा सबैलाई पहिलो नामबाट सम्भोधन गर्दा उपयुक्त होला कि ! छलफल गरेर निष्कर्समा पुग्न जरुरी भएको छ |
अहिलेको समयमा थुप्रै नेपाली इन्टरनेट चलाउने भैसकेका छन् |इमेल खोल्दा पनि पहिलो र अन्तिम नाम लेख्नु पर्छ | फेसबुकमा अथवा नेटमा जहा पनि पहिलो र अन्तिम नाम भर्नु पर्छ | इमेलमा याहु, जिमेल, हटमेल ,फेसबुक कुनैले पनि मलाई हाइ राई भनेर सम्बोधन गर्दैनन् अथवा अन्तिम नाम जातको आधारमा सम्बोधन गर्दैनन् |हाय सरण, हाय सरणकुमार ... भन्छन् | जर्मनीमा त जातको आधारमा सम्बोधन गर्न नपाइने कानुन कानुनी छ रे भन्ने जर्मनबाट फर्केका ड़ा . कालुराम खम्बुले मलाई सुनाएका थिए | त्यससम्बन्धी मलाई पूरा जानकारी नभर पनि सुन्दर , समुन्नत , सम्पन्न र शान्त नेपालको निम्ति राष्ट्रिय एकताको शुत्रमा बाँधीएका सम्पूर्ण नेपालि हुन् जरुरि छ |प्रत्येक क्षण प्रत्येक पल आफ्नो जात सम्झाइरहने सम्बोधनले हामीलाई जात बिर्सेर नेपालि हुन् कति मद्दत गर्ला ? तसर्थ हाम्रो आफ्नो निजी व्याक्तित्वको विकासका लागि पनि र सम्पूर्ण नेपालीको राष्ट्रिय एकताको मजबुतीका लागि भए पनि जातको आधारमा सम्बोधन गर्ने पध्दति , तरिका आजकै मितीदेखी रेडियो, खबर कागज , साहित्य र बोलीचालीमा छाड़ौ |उदाहरणका लागि - राष्ट्रपति रामबरण , प्र्शान्मंत्री झलनाथ , साहित्यकार ध्रुवचन्द्र ,साहित्यकार सरण, पत्रकार राजकुमार भनेर लेख्न ए बोल्न थालौं | यसलाई अभियानकै रुपमा अगाडी लैजाऔ | आगे तपाईहरुको मर्जी |
साभार —ब्लास्ट टाइम्स ,२०६८ भदौ ७ गते शुक्रबार

No comments:
Post a Comment