निबन्ध
औसत मान्छे
सरण राई
मान्छे मान्छेहरूको असंख्य भीडमा मान्छे आफ्नो औकात र अस्तित्व खोज्न तल्लीन देखिन्छ । म के हुँ ? मैले के प्राप्त गरेँ जीवन यात्रामा ? मैले विविध फाँटमा गरेको समय, उमेर र प्रयत्नको लगानी उत्पादक भयो कि अनुत्पादक ? मानिसहरूको आँखामा मेरो स्तर, महत्व र औचित्य कस्तो छ ? आदि अनेकन प्रश्नहरूको उत्तर खोज्दा अधिकांश मान्छेहरूले जस्तै मैले पनि आफूलाई औसत मान्छेभन्दा तलकै अवस्थामा पाउँदा दुःख मान्ने कि सन्तोष ? छुट्याउन नसकिने अवस्थामै म घोत्लिन थाल्छु— औसत मान्छे भनेको के ? कस्तो हुन्छ ?
औसत मान्छे आम मान्छे, सर्वसाधारण वा सामान्य मान्छेहरूकै प्रतिनिधित्व गर्ने मान्छे होला । अङ्क गणितीय आधारमा औसत मान्छे निकाल्दा सबैभन्दा धनी र सबैभन्दा गरिब, सबैभन्दा बुद्धिमान र सबैभन्दा बढी मुर्ख, सबैभन्दा सुन्दर र सबैभन्दा कुरूप अथवा सबैभन्दा सुखी र सबैभन्दा दुःखी आदिको औसत नै औसत मान्छे हुनुपर्ने हो तर यसो गर्दा पनि ‘औसत मान्छे’ परिभाषित गर्न अफ्ठ्यारो नै महसुस हुन्छ । आयु, उचाई र शारीरिक बनोटका सम्बन्धमा चाहिँ औसत निकाल्न सजिलो देखिएको छ तर अन्य विषय वा कुराहरूका आधारमा चाहिँ औसत मान्छे कसरी चिन्ने ?जटिल नै देखिन्छ । विश्वका वा कुनै देशका मान्छेहरूका औसत उचाई र आयु निकालिए जस्तै औसत मान्छेको स्वभाव, आचार, विचार, व्यवहार, अवस्था वा स्थितिहरू पत्ता लगाउन खोजियो भने त्यो त्रुटिपूर्ण हुन जान्छ । औसत बुद्धिकै प्रयोग गरेर औसत मान्छे चिन्ने प्रयत्न गर्नु उपयुक्त होला कि !
अब फेरि प्रश्न उठ्छ औसत बुद्धि भनेको के नि ? अहिलेलाई यति नै भनौँ यो निबन्ध लेख्ने मेरो र यो निबन्ध पढ्ने तपाईँको बुद्धि नै औसत मानौँ । हुन्न ?
औसत मान्छेलाई देख्दा खेरी नै चिन्ने सजिलो तरीका छ । लवाई–खुवाई, बोलाई, चलाई, हँसाई, हिँडाई, कुदाई, बसाई–उठाई, पढाई–लेखाई जस्ता कुराहरूबाट सजिलै औसत मान्छेलाई चिन्न सकिन्छ । जो औसत वा औसतभन्दा तलका कुराहरूमा भुलिएको देखिन्छ, त्यो नै औसत मान्छे होला । औसत मान्छेकै लागि सम्पूर्ण आविष्कारहरू गरिएका हुन्छन् । अझ राजनीति र साहित्य त औसत मान्छेकै लागि गरिएको र लेखिएको हुन्छ । राजनीतिमा लागेको अथवा राजनीतिको नसामा डुबेको मान्छे राजनीतिको सबै घटनाहरूलाई अत्यन्त रुचीका साथ हेरिरहेको हुन्छ, आफ्नै प्रकारले व्याख्या गरिरहेको हुन्छ, आफ्नो अनुकूल–प्रतिकूल हिसाब लगाई रहेको हुन्छ र गमक्क पर्छ आपूmले मन पराएको आफ्नो दलको मान्छे मन्त्री हुँदा (सोच्न पुग्छ ऊ आपैm मन्त्री भएको छ), मक्ख पर्छ आफ्नो अघोषित प्रतिद्वन्द्वी छिमेकिलाई नीचा देखाउन पाउनेछ भनेर । तर दलभित्र अथवा राजनीतिमा उसको स्थान औसत नै हुन्छ । उसको आफ्नो दलको मन्त्रीले उसलाई चिन्न पनि मान्दैन । आफ्नो दलको सरकारले गर्ने विभिन्न पदहरूको राजनैतिक नियुक्ति मनोनयनमा औसत मान्छेको नाम पर्न सक्तैन र औसत मान्छेले कुनै प्रकारको फायदा, उपलब्धी वा मान सम्मान केही पाउँदैन तर उसलाई थाहा हुँदैन— ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ।’
राजनीतिमा औसत मान्छेको स्थान ताली पिट्ने मात्र हुन्छ । उफ्री उफ्री जुलुसमा नारा लगाउने हुन्छ । कहिल्यै नेता बन्न नपाउने कार्यकर्ता (सहानुभूति देखाउनका लागि कार्यकर्ता भनिएको हो) हुन्छ । ‘मेरो पार्टी’ भनेर नाक घोक्र्याउने, मेरो पार्टीको सरकार भनेर फूर्ति लगाउने तर पार्टी र सरकारको रस, तर वा फल चाख्न नपाउने निम्न स्तरिय निरस, निरीह र उल्लु औसत कार्यकर्ता ! ढुङ्गा हान्नु प¥यो, रेलिङ्ग भाच्नु प¥यो वा पार्टीका लागि लज्जास्पद कामहरू गर्नु प¥यो भने चाहिन्छ औसत कार्यकर्ता । औसत मान्छे राजनीतिमा पनि औसत कार्यकर्ता नै भएर कहिले माथि पुग्न नसक्नेहरूमध्येकै औसत हुन्छ । औसत रूपमा ऊ लेभी तिरिरहेको हुन्छ, चन्दा वा शुल्क दिइरहेको हुन्छ र औसत राजनीतिज्ञ भइरहेको भ्रम पालिरहन्छ ।
आफूलाई औसत राजनीतिज्ञ ठान्नेहरू जसको राजनीतिमा कुनै प्रभाव हुँदैन, स्थान हुँदैन तर सामान्य र सर्वसाधारण र निम्न तहका जनसमुदायका नजरमा आपूmलाई राजनीतिक जानकारी राख्ने औसत रानीतिज्ञ देखिन आफ्नो समग्र जीवन बिताउन तयार देखिन्छ ।
औसत मान्छेका लागि लेखिएका औसत साहित्यिक कृतिहरूले टम्म भरिएको छ, साहित्य भण्डार । साहित्यमा औसत प्रेम, औसत शोषण–उत्पीडन, औसत यौन, औसत जीवनका अनुभूति आदिबारे वर्णन गरिएको साहित्यले औसत मान्छेलाई यति धेरै आनन्दातिरेक बनाएको छ कि त्यो साहित्य नहुनु हो भने औसत मान्छेहरू अत्यन्त दुःखी हुने थिए । साहित्यमा औसत साहित्यिक पाठकहरू यति महत्वपूर्ण छन् कि उनीहरूकै लागि साहित्यिक रचना गरिन्छ, साहित्यिक उछिन्पाछिन्, प्रतियोगिता वा सृष्टि गरिन्छ । ती सृष्टिमध्येको यो अहिले तपाईँले पढिरहनु भएको औसतभन्दा तलको निबन्ध पनि अहिले तत्कालका लागि महत्वपूर्ण सृष्टि हो (किनभने तपाईँ यो पढिरहनु भएको छ), उत्तममध्येको औसत कृति हो । अरुले मानुन् वा नमानुन्, म बाध्य छु लेख्न र तपाईँलाई बाध्य पारिरहेको छु पढ्न (अथवा तपाईँ पढ्न छाड्न सक्नुहुन्छ, छाड्नु भयो भने त कुरै सकियो तर तपाईँ पढ्नुहुन्छ, मेरो आशा हो) र पढिरहनु भयो भने हामी पनि ‘औसत मान्छे’ हुने प्रयत्नमा रहेछौँ र औसत मान्छे हुन सक्यो भने नै हामीलाई थाहा हुनेछ— कस्तो औसत मान्छ ? औसत मान्छ ! र, औसत मान्छे सधैं असल हुन्छ !! र त संसार बाँच्नलायक सुन्दर र रमणीय छ !!!
साभार–
सुनसरी (वार्षिक स्मारिका),२०६७, वर्ष १५ अङ्क १२

No comments:
Post a Comment